उदयपुरगढीबाट नेकपा एसले खाता खोल्यो – Nepal Press

उदयपुरगढीबाट नेकपा एसले खाता खोल्यो

काठमडौं । नेकपा एकीकतृ समाजवादी पार्टीले उदयपुरको उदयपुरगढीबाट खाता खोलेको छ ।

उदयपुरगढीमा एसका उम्मेदवार मानबहादुर केप्छाकी मगर विजयी भएका छन् ।

उनले एमाले उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै ८ सय २८ मतान्तरले पराजित गरेका हुन् ।

गठबन्धन उम्मेदवार मगरले ४९४२ मत ल्याए । एमाले उम्मेदवारले ४११४ मत ल्याए ।

०७४ मा पनि मगरले नै सो पालिका जितेका थिए । सो समयमा उनी नेकपा एमालेबाट निर्वाचत लडेका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् ।

नेकपा एसले यसअघि निर्वाचन भएका कुनै पनि पालिकामा जित हासिल गर्न सकेको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर