भरतपुरमा जगन्नाथले कटाए २५ सय मत – Nepal Press

भरतपुरमा जगन्नाथले कटाए २५ सय मत

चितवन । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ सय मत कटाएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेका पूर्वसांसद पौडेलले चौथो वडाको गणना जारी रहँदा २५ सय मत कटाएका हुन् । जारी मतगणनामा उनले २५०१ मत प्राप्त गरेका छन् ।

उनले वडा नम्बर १ बाट ४३०, २ बाट ४९४ र ३ बाट ६४८ मत ल्याएका छन् । मतगणना जारी रहेको वडा नम्बर ४ बाट पौडेलले ९ सय २९ मत ल्याइसकेका छन् । उनको चुनाव चिन्ह भुइँकटहर हो ।

मेयरमा गठबन्धनकी रेनु दाहालले ५२५३ र एमालेका विजय सुवेदीले ५२४३ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर