मोदीसँगको तस्बिरमा देउवाको आसनप्रति मनोज गजुरेलले उठाए प्रश्न – Nepal Press

मोदीसँगको तस्बिरमा देउवाको आसनप्रति मनोज गजुरेलले उठाए प्रश्न

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको एउटा तस्बिरमा प्रधानमन्त्री शेरबहादुर देउवाको बसाइलाई लिएर हास्यव्यंग्य कलाकार मनोज गजुरेलले प्रश्न उठाएका छन् । प्रार्थना गर्दाको समयमा देउवाको बसाइ अनुचित रहेको उनको प्रतिक्रिया छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै गजुरेलले सबैले हात जोडेको ठाउँमा प्रधानमन्त्रीले पनि हात जोड्नुपर्ने र पूजा प्रार्थना गर्दा शान्त बस्नुपर्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘सरकार प्रमुखका सानासाना गतिविधिहरुले अर्थ राख्छ । आचार, विचार र शिष्टाचार देशको इज्जतसँग जोडिएको हुन्छ । यति सानो कुरा पनि सल्लाहकारले भन्नुपर्ने हो कि आफैं जान्नुपर्ने हो ?’

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा मायादेवी मन्दिरमा खिचिएको तस्बिर हो यो । तस्बिरमा मोदीले दुवै हात जोडेर ध्यानमुद्रामा छन् भने देउवा चाहिँ आफ्नै धुनमा देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *