छत्रदेवमा कांग्रेसले अध्यक्ष जोगायो, एमालेले उपाध्यक्ष खोस्यो – Nepal Press

छत्रदेवमा कांग्रेसले अध्यक्ष जोगायो, एमालेले उपाध्यक्ष खोस्यो

अर्घाखाँची । नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी हुँदा उपाध्यक्षमा भने नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएकी छिन् ।

अध्यक्षमा कांग्रेसका श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याउँदा एमालेका दीपक पन्थीले ७ हजार २ सय २४ मत ल्याए । उपाध्यक्षमा पन्थीले ७ हजार ५ सय १९ मत ल्याउँदा कांग्रेसकी इन्दिरा भूसालले ७ हजार २ सय ३५ मत ल्याइन् ।

अघिल्लो निर्वाचनमा सो पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर