काकालाई हराएर २२ वर्षमै गाउँपालिका अध्यक्ष बने राजाबाबु – Nepal Press

काकालाई हराएर २२ वर्षमै गाउँपालिका अध्यक्ष बने राजाबाबु

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका यादव चार हजार ८१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३३९ मत पाए ।

पराजित हरिनन्दन निर्वाचित राजाबाबुका काका हुन् । माओवादी नेता तथा पूर्वसांसद शिवपुजन राय यादवका छोरा राजाबाबु काठमाडौंमा बीबीएस अध्ययनरत थिए ।

पूर्वसांसद यादवले काठमाडौंबाट बोलाएर छोरा राजाबाबुलाई दबाब दिएर चुनावी मैदानमा उतारेका थिए । बुवाको राजनीतिक विरासतले गाउँपालिका निर्वाचित उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर