गुल्मीको ईस्माको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी – Nepal Press

गुल्मीको ईस्माको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । गुल्मीको ईस्मा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मतसहित विजयी भए । उपाध्यक्षमा कांग्रेसकै पार्वती कुँवरले ५ हजार ९०९ मत ल्याएर निर्वाचित भइन् ।

गाउँपालिकामा अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हीराबहादुर अर्यालले ५ हजार ४६४ मत पाए । उपाध्यक्षमा एमालेकै वमिला खत्रीले ५ हजार १२१ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर