नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर – Nepal Press

नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा सम्बन्धित देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार बुद्धिस्ट अध्ययनको लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इण्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर)बीच हस्ताक्षर भएको छ ।

यस्तै, भारतीय अध्ययनको लागि आईसीसीआर चेयरको स्थापनासम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ ।

भारतीय अध्ययनको लागि आईसीसीआर चेयरको स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटी–एम)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार नै काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) भारतबीच स्नातकोत्तर तहमा संयुक्त कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी लेटर अफ एग्रिमेन्ट भएको छ । अरुण ४ आयोजनाको विकास र कार्यान्वयनका लागि भारतको विद्युत उत्पादक सतलज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर