ठूलीभेरीमा कांग्रेसले एकीकृत समाजवादीलाई हरायो – Nepal Press

ठूलीभेरीमा कांग्रेसले एकीकृत समाजवादीलाई हरायो

डोल्पा । नेकपा एकीकृत समाजवादीलाई पराजित गरेर नेपाली कांग्रेसले डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ ।

कांग्रेसका स्वर्णबहादुर बुढा १ हजार २ सय ८६ मतसहित नगरप्रमुखमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एसका कर्णबहादुर रोकायाले ९ सय ४५ मत ल्याए ।

उपप्रमुखमा कांग्रेसकी छिरिङ डोल्मा महत विजयी भइन् । उनले ८ सय ४८ मत ल्याउँदा राप्रपाका निर्मलकुमार भण्डारीले ६ सय ८६ मत प्राप्त गरे । अघिल्लो स्थानीय निर्वाचनमा सो नगरपालिकामा नेकपा एमालेले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर