सिरहामा एमालेले भत्कायो जसपाको गढ, भगवानपुरमा अध्यक्ष-उपाध्यक्षसहित चार वडाध्यक्ष निर्वाचित – Nepal Press

सिरहामा एमालेले भत्कायो जसपाको गढ, भगवानपुरमा अध्यक्ष-उपाध्यक्षसहित चार वडाध्यक्ष निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टीको गढ मानिने सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्ष नेकपा एमालेले जितेको छ ।

भगवानपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन् । उनले ४ हजार ३०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याए । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् । उनले ३ हजार ९६० मत पाएकी हुन् । उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित भइन् ।

पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बरर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन् । वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए ।

जसपा नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादवको गृह गाउँ हो भगवानपुर । यहां नेता यादवको राम्रो पक्कड थियो ।अहिले एमालेले उनको पक्कड तोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर