माओवादीका विर्खबहादुरले जिते सानीभेरीको अध्यक्ष – Nepal Press

माओवादीका विर्खबहादुरले जिते सानीभेरीको अध्यक्ष

सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रका विर्खबहादुर विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्द ४ हजार ३२० मत ल्याएर पराजित भए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कमला रोका निर्वाचित भएकी छन् । उनले ५ हजार ९५८ मत ल्याएकी छन् । एमालेको उपाध्यक्षका उम्मेदवार प्रकाश खड्काले ३४२० मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर