तनहुँँको म्याग्देमा कांग्रेसको विरासत खोस्दै एमालेका श्रीप्रसाद बने गाउँपालिका अध्यक्ष – Nepal Press

तनहुँँको म्याग्देमा कांग्रेसको विरासत खोस्दै एमालेका श्रीप्रसाद बने गाउँपालिका अध्यक्ष

दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा एमालेले कांग्रेसको परम्परागत विरासत भत्काएको छ ।

मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ४,९५० मतसहित विजयी भएका छन् । उनले कांग्रेसका मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गरेका हुन् ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका बालकृष्ण घिमिरे ५,०३९ मतसहित विजयी भएका छन् । घिमिरे यसअघि पनि उपााध्यक्ष थिए । अध्यक्षमा पराजित रानाले यसअघि जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर