ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार रुम्दाली निर्वाचित – Nepal Press

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार रुम्दाली निर्वाचित

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार रूम्दानीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् । उनले धारा चुनाव चिन्ह लिएका थिए। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार रूपलाल तामाङले ३८१५ मत ल्याएका थिए।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् । उनले ४७५० मत ल्याएका छन्।

निकटतम प्रतिद्वन्द्वी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका  थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर