भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ जेठ २ गते ११:१०
![](https://www.nepalpress.com/wp-content/uploads/2022/05/naredra-modi-lumbini.jpg)
रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।
भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन् । उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर