एमालेको विजय जुलुसमा कार्यकर्ता लिन हिँडेको बस दुर्घटना, ३ जनाको मृत्यु – Nepal Press

एमालेको विजय जुलुसमा कार्यकर्ता लिन हिँडेको बस दुर्घटना, ३ जनाको मृत्यु

कैलाली । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परि चालक शैल्यशिखर ६ २३ वर्षका प्रकाश धामी, सोही ठाउँका २२ वर्षका नवीन सिङ्ग धामी र १९ वर्षका हरि सिङ धामीको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर