रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nepal Press

रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका ५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका १ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडि सवार नुवाकोटको बिदुर नगरपालिका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छिन् ।

दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । बेत्रावतीबाट खाल्टेतर्फ जादै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियनित्रत भइ पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर