३२० किलोमिटर टाढाबाट न्युयोर्क आएका किशोरले गरे १० जनाको हत्या – Nepal Press

३२० किलोमिटर टाढाबाट न्युयोर्क आएका किशोरले गरे १० जनाको हत्या

न्युयोर्क । न्युयोर्कको बफेलोस्थित सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदै १० जनाको हत्या गर्ने १८ वर्षीय युवक ३२० किलोमिटर यात्रा गरेर त्यहाँ पुगेको अनुसन्धान अधिकारीहरुले बताएका छन् ।

पेटन गेन्ड्रन नाम गरेका ती किशोरले गराएको यो घटना रंगभेदी व्यवहारको परिणाम भएको बताइएको छ । गोली हानी मारिएका सबै अश्वेत हुन् ।

गेन्ड्रनले गत जुनमा आफ्नै स्कुलमा गोली चलाउने धम्की दिएपछि उनी सुरक्षाकर्मीको नजरमा परेका थिए । त्यसपछि उनलाई मानसिक स्वास्थ्य परीक्षण गरिएको बीबीसीले जनाएको छ । गेन्ड्रन आफूलाई उग्र श्वेतवादी भन्न रुचाउँछन् । गोरा जाति अन्यभन्दा उच्च हैसियत रहेको उनी आफैद्वारा लेखिएको डकुमेन्टमा फेला परेको अधिकारीहरुले जनाएका छन् ।

तस्वीर : एपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *