खोटाङ बराहपोखरीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एस – Nepal Press

खोटाङ बराहपोखरीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एस

दिक्तेल । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा गठबन्धनको जित भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शालिकराम बन्जरा ८५१ मतान्तरका साथ विजयी भएका छन् । उनले ३१८१ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेकी गोमा मगरले २३३० ल्याइन् ।

उपाध्यक्षमा गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा एसका भुवलराज राई २६९४ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी नेकपा एमालेका जिवनकुमार राईले २२९५ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर