बुद्धजयन्तीः स्वयम्भुमा भक्तालुको भीड (तस्बिरहरु) – Nepal Press

बुद्धजयन्तीः स्वयम्भुमा भक्तालुको भीड (तस्बिरहरु)

काठमाडौं । आज २५६६ औं बुद्धजयन्ती बौद्ध धर्मावलम्बीहरुले विशेषरुपमा मनाइरहेका छन् । बुद्धजयन्तीको अवसरमा देशभरका बौद्ध स्तुपाहरुमा भक्तालुको भीड लागेको छ । काठमाडौंको स्वयम्भु, बौद्धलगायतका स्थानमा बिहानैदेखि भक्तालुहरु पुगेर पूजा आरधना गरिरहेका छन् ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप बुद्धजयन्ती पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बुद्धजयन्ती मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आज लुम्बिनी आउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर