ऐसेलुखर्कमा गठबन्धनविरुद्ध एमाले विजयी, कांग्रेसका बागी उठ्दा गिरेन्द्रले मारे बाजी – Nepal Press

ऐसेलुखर्कमा गठबन्धनविरुद्ध एमाले विजयी, कांग्रेसका बागी उठ्दा गिरेन्द्रले मारे बाजी

दिक्तेल । खोटाङको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई विजयी भएका छन् । उनले गठबन्धनतर्फका माओवादी उम्मेदवार श्रीबहादुर राईलाई १२६ मतले पराजित गरे ।

गिरेन्द्रले २६०६ मत ल्याउँदा माओवादीका श्रीबहादुरले २४८० मत प्राप्त गरेको निर्वाचन अधिकृत रमाकान्त यादवले जानकारी दिए ।

कांग्रेसका ‘बागी’ उम्मेदवार सन्तवीर तामाङले १००७ मत प्राप्त गरेका छन् । गाउँपालिका सभापतिसमेत रहेका तामाङ बागी उठ्दा एमालेलाई सहज भएको हो ।

उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश राजभण्डारी विजयी भए । उनले ३१४६ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी पुष्पकला भुजेलले २५९५ मत प्राप्त गरेकी छन् । भुजेल निवर्तमान उपाध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर