झडपमा सहभागी भएको निउमा अभियन्ता मिश्र पक्राउ – Nepal Press

झडपमा सहभागी भएको निउमा अभियन्ता मिश्र पक्राउ

जनकपुरधाम । जनकपुरका युवा अभियन्ता सरोज मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरमै दुई पक्षबीच गएराति झडप भएको बेला पुगेको प्रहरीले अभियन्ता मिश्रलाई नियन्त्रणमा लिएको हो । मिश्रलाई रातिदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा, जनकपुरमा राखिएको छ ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले दुई पक्षबीच भएको झडपमा एक पयबाट मिश्र पनि सहभागी भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । अर्को पक्षका पनि एक जनालाई नियन्त्रणमा लिएको उनले भने ।

झडप के विषयमा भएको कुरा खुल्न सकेको छैन । डिएसपी क्षेत्रीले झडपकै कारण थाहा नपाएर अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताए । उनका अनुसार एक व्यक्तिको टाउको पनि फुटेको छ ।

यता, मिश्रको घरमै आएर केहि व्यक्तिले आक्रमण गर्न खोजेको र उनीहरुको प्रतिकार गर्दा प्रहरीले उल्टै मिश्रलाई पक्राउ गरेको उनका समर्थकहरुको दाबी छ ।

मिश्रले जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी समेत दिएका थिए । तर सामानुपातिक सांसदको बन्द सूचीमा उनको नाम रहेकाले उम्मेदवारी नै खारेज भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *