भोजपुर ८ मा नविनको जित- सामाजिक कार्यमा अटल लगावको परिणाम – Nepal Press

भोजपुर ८ मा नविनको जित- सामाजिक कार्यमा अटल लगावको परिणाम

भोजपुर । भोजपुर नगरपालिका-८ वडाध्यक्षमा नविन प्रधानसहित नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

प्रधान १२३ मतान्तरका साथ विजयी भएका हुन् । उनले २९३ मत ल्याउँदा कांग्रेसबाट अध्यक्ष लडेका गोपाल कार्की १७० मतमा रोकिए ।

यस वडाको सदस्यहरूमा महिला वडा सदस्य सत्यकला राई, दलित महिला सदस्य उर्मिला सुन्दास साथै खुल्ला सदस्यहरुमा निरकुमार प्रधान र बाबुराम खड्काले जितेका छन् ।

अध्यक्षमा जितेका नविनले जिल्लामा सामाजिक कामको अगुवाइ गरेर आफ्नो पहिचान बनाएका थिए । रेडक्रस, रेयुकाइ हुँदै सामाजिक गतिविधिमा छिरेका उनी भोजपुर सदरमुकाममा वितरित सिलिचुङ खानेपानीको अध्यक्षमा रहेर काम गरे । तत्कालीन अध्यक्ष सागरनारायण मोक्तान, प्रधानलगायतकै अगुवाइमा भोजपुर बजार र आसपासमा बढ्दो खानेपानी अभाव टार्न तीनभँगाले आयोजनाको सुरूआत गराए ।

त्यस्तै गैरसरकारी संस्था सोडा भोजपुरको अध्यक्षसमेत भएर अपांगता भएका व्यक्तिको क्षमता तथा जीविकोपार्जन, सामाजिक परिचालन क्षेत्रमा उनको अनुभवन छ ।

भोजपुर उद्योग वाणिज्य संघको पदाधिकारी तहमा रहेर पनि उनले काम गरेका छन् ।

यसअघिको चुनावमा अध्यक्ष उठेका नविन प्रधान उनै गोपाल कार्कीसँग हारेका थिए । तर, पराजित भएर ५ वर्षसम्म पनि अविचलित भएर काम गरिरहेको भन्दै एमालेले उनैलाई अघि सार्‍यो ।

स्थानीयस्तरको विकास निर्माणमा सक्रियता र जागरुकता देखेरै धेरैको सहानुभूतिसमेतले फराकिलो मतान्तरले नविनको जित सुनिश्चित भएको जानकारहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर