पूर्वरुकुमका चारमध्ये तीन तह माओवादीले जित्यो, रोल्पाको मेयरमा घर्ती विजयी – Nepal Press

पूर्वरुकुमका चारमध्ये तीन तह माओवादीले जित्यो, रोल्पाको मेयरमा घर्ती विजयी

सुर्खेत । पूर्वीरुकुमको चार पालिकामध्ये तीन पालिकामा माओवादीले जित हात पारेको छ ।

जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्ती ७६०३ मतसहित मेयर विजयी भएका छन् ।

यहाँ कांग्रेसका शेरबहादुर थापाले ३६५८ र एमालेका घनश्याम आचार्यले ५२४ मत पाए ।

उपमेयरमा माओवादीकै गीता आचार्य ७७४१ मत ल्याएर विजयी बन्दा कांग्रेसका पुष्पा श्रेष्ठ ३७१९ र एमालेका कृष्णी कुमारी गौतम ४१९ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर