माओवादीका घर्तीले जिते रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष – Nepal Press

माओवादीका घर्तीले जिते रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष

सुर्खेत । पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा माओवादीले जितेको छ । यहाँ अध्यक्षमा माओवादीका पुनीराज घर्तीले ३९१३ मत ल्याए भने कांग्रेसका तेजेन्द्र खाम मगरले २११३ र एमालेका वागलाल बुढाले १८५२ मत ल्याए ।

उपाध्यक्षमा माओवादीका भूपेन्द्रा बुढा ४०५९ मत ल्याएर विजयी भइन् भने कांग्रेसकी कमलाकुमारी मल्ले २०१० र एमालेका धर्म घर्ती बुढाले १८१२ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर