एमाले-कांग्रेसबीच गठबन्धन भएको सिस्ने गाउँपालिका अध्यक्ष माओवादीले जित्यो – Nepal Press

एमाले-कांग्रेसबीच गठबन्धन भएको सिस्ने गाउँपालिका अध्यक्ष माओवादीले जित्यो

उपाध्यक्षमा एमालेकी उम्मेदवार विजयी

सुर्खेत । रुकुमपूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३७७९ मत ल्याइ विजयी बने भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३७०० मत ल्याए । उनीहरुबीच ७९ मत अन्तर छ ।

यस्तै, उपाध्यक्षमा एमालेका गोपाल रेउले विजयी भएका छन् । उनले ३७६१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका आस्था विकले ३४७४ मत ल्याइन् । यहाँ एमाले र कांग्रेसको गठबन्धन थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर