गठबन्धन टुटेको भोजपुरको पौवादुङमा अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी, किरणको दोस्रो जित – Nepal Press

गठबन्धन टुटेको भोजपुरको पौवादुङमा अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी, किरणको दोस्रो जित

भोजपुर । पौवादुङमा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ ।

यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १६८८ मतमा रोकिए । १३७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए ।

किरणको यो दोस्रो जित हो । यसअघिको निर्वाचनमा यहाँ उपाध्यक्ष भने माओवादीले जितेको थियो ।

उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४०६ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७६९ मत प्राप्त गरिन् ।

तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १३८७ मत प्राप्त गरिन् ।

यहाँ सुरूमा माओवादी अध्यक्ष दिएर कांग्रेससँग तालमेल गर्ने जिल्ला नेतृत्वमा सहमति भएपनि वडाको नेतृत्वमा भागबण्डा नमिल्दा गठबन्धन दल एक्लाएक्लै भिडेका थिए ।

को हुन् किरण

उदीयमान, कर्मठ र प्रभावशाली नेताका रूपमा जिल्लामा स्थापित नाम हो किरण । ३६ वर्षमै पालिकाको सत्ताको बागडोर सम्हालेका उनी पार्टीको जिल्ला नेतृत्वमा समेत छन् । उनी एमाले भोजपुरका सचिव पनि हुन् ।

२०६१/६२ सालमा अनेरास्ववियु तथा युवा संघमा काम गर्दै राजनीतिमा प्रवेश गरेका राईको जिल्लाको खेलकुद क्षेत्रको विकास पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर