दैलेखको डुंगेश्वरमा बहुमत वडासहित एमाले विजयी, सुन्दर बने अध्यक्ष – Nepal Press

दैलेखको डुंगेश्वरमा बहुमत वडासहित एमाले विजयी, सुन्दर बने अध्यक्ष

सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३४०६ मत ल्याएर विजयी भए ।

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार एवं निवर्तमान अध्यक्ष नगेन्द्र बहादुर मल्ल ३३३६ मतमा रोकिए ।

उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भइन् । उनले ३५७७ मत ल्याउँदा नेपाली कांग्रेसकी एलिजाकुमारी थापाले ३१५२ मत प्राप्त गरिन् ।

एमालेले वडा नं. ३, ४, ५, र ६ को अध्यक्ष जित्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर