भोजपुरको साल्पासिलिछोमा एमालेका बागी उम्मेदवारको जित, दौलथ बने अध्यक्ष – Nepal Press

भोजपुरको साल्पासिलिछोमा एमालेका बागी उम्मेदवारको जित, दौलथ बने अध्यक्ष

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार दौलथ कुलुङ विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि विद्रोह गरी उम्मेदवारी दिएका दौलथले २४ मतान्तरका साथ जितेका हुन् । उनले १८१४ मत ल्याउँदा नेपाली कांग्रेसका महेश राई १७८६ मतमा रोकिए ।

यहाँ एमालेका उम्मेदवार शान्तिबहादुर अधिकारीले १३८३ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८६२ मत ल्याएर विजयी भएकी छिन् ।

यसअघिको चुनावमा यस पालिकामा नेपाली कांग्रेसबाट महेश राईले जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर