भोजपुरको हतुवागढीमा गठबन्धनलाई पराजित गदै एमालेका राई दोस्रो पटक अध्यक्ष निर्वाचित – Nepal Press

भोजपुरको हतुवागढीमा गठबन्धनलाई पराजित गदै एमालेका राई दोस्रो पटक अध्यक्ष निर्वाचित

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।

एमालेका प्रेमकुमार राई ४ हजार ४२ मत सहित दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली पाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसको रुख चिन्हबाट लडेकी माओवादीकी सुनिता राई विजयी भएकी छन् । उनले ३ हजार ७०८ मत ल्याएर जित निकाल्दा एमालेकी कमला राई ३ हजार ६११ मतमा रोकिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर