सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी – Nepal Press

सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।

आइतबार मध्यरातमा सकिएको मतगणनामा कांग्रेसले पालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जीत हात पारेको छ ।

गाउँपालिका प्रमुखमा खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित भए ।

एमालेका प्रकाश कार्कीले १५२० मत ल्याउँदा माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी अञ्जु नाछिरिङ राई चुनिएकी छन् । उनले १६६९ मत पाइन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरि राईले १६३४ मत ल्याउँदा माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर