गोसाईंकुण्डमा एमाले विजयी, कांग्रेसका जिल्ला सभापति गाउँपालिका अध्यक्षमा पराजित – Nepal Press

गोसाईंकुण्डमा एमाले विजयी, कांग्रेसका जिल्ला सभापति गाउँपालिका अध्यक्षमा पराजित

काठमाडौं । रसुवा जिल्ला गोसाईंकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कैसाङनुर्पु तामाङ निर्वाचित भएका छन् । ४ सय ८३ को मतान्तरसहित उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी सोही गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले २ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाएका छन् ।
तामाङ एमाले जिल्ला कमिटीको उपसचिव हुन् भने पराजित हुने पेम्बा छिरिङ तामाङ कांग्रेसको पार्टी सभापति हुन् ।

उपाध्यक्षमा विजयी एमालेकी प्रतिमा तामाङले २ हजार ५ सय ४५ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको देकी तामाङले २ हजार ८८ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर