खसेको भन्दा बढी मत भेटिएपछि रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते – Nepal Press

खसेको भन्दा बढी मत भेटिएपछि रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।

रम्भा–५ तनहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यालयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताए ।

उनले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गरे ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर