पाँचथरको कुम्मायकमा गठबन्धनका उम्मेदवार विजयी – Nepal Press

पाँचथरको कुम्मायकमा गठबन्धनका उम्मेदवार विजयी

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।

अध्यक्ष पदमा लावतीले नेकपा (एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्काले एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका हुन् । निर्वाचनको विस्तृत मतपरिणाम आउन बाँकी छ ।

यहाँ एमाले एक्लै चुनावी मैदानमा थियो भने गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गरेका थिए ।

कुम्मायकको वडा नं. १ मा जसपा र वडा नं. २ मा एकीकृत समाजवादीले वडाध्यक्ष जितेका छन् ।

बाँकी तीन वटा वडामा एमालेले वडाध्यक्ष सहित प्यानलमै विजय हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर