गठबन्धनलाई क्लिनस्वीप गर्दै पाल्पाको पूर्वखोलामा एमाले विजयी – Nepal Press

गठबन्धनलाई क्लिनस्वीप गर्दै पाल्पाको पूर्वखोलामा एमाले विजयी

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा एमालेका नुनबहादुर थापा विजयी भएका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरे ।

सो पालिकामा उपाध्यक्ष र ६ वटै वडामा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भागीरथी भट्टराई ५ हजार ८९४ मतका विजयी भइन् ।

कांग्रेस माओवादी र समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका उम्मेदवारले १२५७ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेस उम्मेदवारले २२५० मत प्राप्त गरिन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर