नवनिर्वाचित वडाध्यक्षमाथि गठबन्धनकै कार्यकर्ताद्वारा मुक्का प्रहार, अन्तर्घात गरेको आरोप – Nepal Press

नवनिर्वाचित वडाध्यक्षमाथि गठबन्धनकै कार्यकर्ताद्वारा मुक्का प्रहार, अन्तर्घात गरेको आरोप

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट विजयी भएका वडाध्यक्ष मित्रबन्धु सिंजालीमाथि आक्रमण भएको छ ।

गठबन्धन केही कार्यकर्ताहरूले अन्तर्घात गरेको भन्दै उनीमाथि मुक्का प्रहार गरेका छन् ।

नेपाली कांग्रेस र माओवादीको गठबन्धन रहेको भीमफेदीमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

वडामा विजयी भए पनि गाउँपालिका अध्यक्षमा भने माओवादीलाई मत कम आएको भन्दै माओवादी कार्यकर्ताले सिंजालीमाथि हातपात गरेका हुन् ।

सिंजालीले अन्तर्घात गरेको, धोखा दिएको आरोप उनीहरूको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले नवनिर्वाचित वडाध्यक्षमाथि धक्कामुक्की भएको जानकारी पाउनसाथ आफूहरूले प्रहरी कार्यालय परिसरमा ल्याएको बताइन् ।

उनले भनिन् ‘उहाँहरू अन्तरघातको विषयलाई लिएर रुष्ट हुनुहुँदो रहेछ, वडाध्यक्षमा सहयोग गरेको तर गाउँपालिका अध्यक्षमा असहयोग गरेको भन्ने उहाँहरूको बुझाई रहेको पाइयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर