गुल्मीको चन्द्रकोटमा गठबन्धनको जित, अध्यक्षमा माओवादीका केसी निर्वाचित – Nepal Press

गुल्मीको चन्द्रकोटमा गठबन्धनको जित, अध्यक्षमा माओवादीका केसी निर्वाचित

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । सो गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज केसी र उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित केसीले ५ हजार ७ सय मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार ३ सय ४७ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित भण्डारीले ५ हजार १६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी राधिका अर्यालले ३ हजार ८ सय १६ मत ल्याइन् ।

चन्द्रकोट गाउँपालिकामा रहेका ८ वटा वडाहरु मध्ये ४ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एमाले १ वटा वडामा नेकपा माओवादी केन्द्र र १ वटा वडामा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर