कांग्रेसले जितेको अजिरकोट गाउँपालिकामा यसपटक माओवादी बिजयी – Nepal Press

कांग्रेसले जितेको अजिरकोट गाउँपालिकामा यसपटक माओवादी बिजयी

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक देवकोटा विजयी भएका छन् । उनले ३७८७ मत ल्याए ।

देवकोटाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार गोविन्दबहादुर गुरुङले ३२८९ मत ल्याए ।

उपाध्यक्षमा माओवादी केन्द्रकै अनिता भुजेल ३५३२ मतसहित विजयी भएकी छन् । कांग्रेसकी इन्द्र गुरुङ ३३६१ मतसहित दोस्रो स्थानमा रहिन् । यो गाउँपालिका यसअघि कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर