मोदीलाई स्वागत गर्न अघिल्लै दिन लुम्बिनी आइपुगे प्रधानमन्त्री देउवा – Nepal Press

मोदीलाई स्वागत गर्न अघिल्लै दिन लुम्बिनी आइपुगे प्रधानमन्त्री देउवा

रुपन्देही । २५६३ औँ बुद्ध जयन्तीको अवसरमा जेठ २ गते लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।

सोमबार लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि देउवा आइतबार साँझ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै लुम्बिनी पुगेका हुन् ।

लुम्बिनीमा बुद्ध पूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली लुम्बिनी पुगेको हो ।

देउवा आज लुम्बिनी बस्नेछन् भने भोलि बिहान ७ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर