गोविन्दराज जोशीका छोरा दीपक भन्छन्- रामचन्द्र पौडेलका भाइ र उनको समूहले आक्रमण गरेको हो – Nepal Press

गोविन्दराज जोशीका छोरा दीपक भन्छन्- रामचन्द्र पौडेलका भाइ र उनको समूहले आक्रमण गरेको हो

काठमाडौं । तनहुँको ब्यास नगरपालिकाका मेयर उम्मेदवार तथा गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले आफ्ना एजेन्टबिनै मतदान गराइरहेको विषयमा बुझ्दा रामचन्द्र पौडेलका भाइ र उनको समूहले आक्रमण गरेको बताएका छन् ।

काठमाडौंमा उपचाररत दीपकले आइतबार विज्ञप्ति निकाल्दै ओझराज पौडेल र उनको समूहले आक्रमण गरेको भन्दै मतपत्र च्यातेको भनेर झुट्टा अफवाह फैलाएको दाबी गरेका छन् ।

‘मतपत्र मैले च्यातेको भन्ने अफवाह फैलाइएको छ । म त्यसको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु । कतिपयलाई मतदान गरी सकेपछि मतपेटिकामा खसालिएको मतपत्र च्यातिएको हो भन्ने भ्रम पनि छ, वास्तवमा मत खसालिएको मतपत्र नोक्सान भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘मैले मतदान अधिकृतलाई हाम्रो एजेन्ट खोइ ? किन हाम्रो एजेन्ट बिना मतदान गराएको ? भनेर भने । भोट जे मा हाले पनि शान्तिपूर्ण र निष्पक्ष रूपमा हुनुपर्छ भनेको मात्रै थिएँ । एक्कासि म माथि वैकुण्ठ न्यौपाने पक्षधरकाले साङ्घातकि आक्रमण गरे र मतपत्र फ्याँक्न थाले । म माथि आक्रमण गर्ने समूहमा नेता रामचन्द्र पौडेलका भाइ ओझराज पौडेल र उहाँको समूह थपियो। मलाइ पछाडि आएर आक्रमण गरेर टाउको फुटाउने अरू कोही नभएर रामचन्द्र पौडेलका भाइ ओझराज पौडेलका छोरा उद्धव पौडेल हुन् ।’

दीपकले आफ्नो सुरक्षामा प्रहरीले समेत मौनता देखाएको बताएका छन् । उनले नेपाली कांग्रेसका वरिष्ठ नेताको गाउँमा भएको मतदान केन्द्रमा पिटाई खाएका थिए । दीपक यस पटक स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर