कांग्रेसका क्षेत्रीय सभापतिलाई हराउँदै वडाध्यक्षमा लोसपाका सिंह विजयी – Nepal Press

कांग्रेसका क्षेत्रीय सभापतिलाई हराउँदै वडाध्यक्षमा लोसपाका सिंह विजयी

रुपन्देही । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति मुकेश यादवलाई वडाध्यक्षमा पराजित गर्दै लोसपाका कृष्णकुमार सिंह विजयी भएका छन् ।

मर्चवारी गाउँपालिका वडा नम्बर १ मा यादवलाई पराजित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का कृष्ण कुमार सिंह विजयी भएका हुन् ।

सिंहले २६ मत अन्तरले यादवलाई पराजित गरेका हुन् । सिंहले ७६३ मत ल्याएका छन् भने यादवले ७३७ मत ल्याएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मुकेश यादव मर्चवारी–१ को अध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर