पश्चिम नवलपरासीका ७ स्थानीय तहमध्ये कहाँ कसको अग्रता ? (सूचीसहित) – Nepal Press

पश्चिम नवलपरासीका ७ स्थानीय तहमध्ये कहाँ कसको अग्रता ? (सूचीसहित)

रुपन्देही । पश्चिम नवलपरासीका ७ वटा स्थानीय तहमध्ये ४ पालिकाको प्रमुख पदमा एमालेको अग्रता छ । ३ वटा पालिकाको प्रमुख पदमा कांग्रेसको अग्रता छ ।

उपप्रमुखमा ३ पालिकामा एमाले र १ पालिकामा कांग्रेसको अग्रता छ । अन्य ३ पालिकाका उपप्रमुखमा २ पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र १ पालिकामा एमालेसँग गठबन्धनबाट उम्मेदवार दिएका राष्ट्रिय जनमुक्ति पार्टीले अग्रता लिएका छन् ।

यसैबीच आइतबार मध्यान्हसम्म ९ वटा वडाको परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका ३, एमालेका २ र माओवादी केन्द्र, राप्रपाको २ र जसपाका १ जना उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा रामग्राम नगरपालिकाको वडा नं. १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रुद्र प्रकाश उपाध्याय र सोही पार्टीका वडा नं। ३ का उम्मेदवार उज्ज्वल न्यौपाने (बेबी) वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नं. २ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार नीरज रौनियार निर्वाचित भएका छन् ।

त्यस्तै सुनवल नगरपालिकाको वडा नं. १ मा एमालेका मनबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं. २ मा एमालेकै राजेन्द्र यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।

बर्दघाट नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका सन्दीप सापकोटा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतापपुर गाउँपालिकाको वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र बहादुर थारुसहितको प्यानल निर्वाचित भएको छ । जसअनुसार सरावल गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा माओवादी केन्द्रका ह्यात खाँ धुनियाँसहितको प्यानल निर्वाचित भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका चुल्हाई प्रसाद यादवसहितको प्यानल निर्वाचित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर