लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई विजयी – Nepal Press

लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई विजयी

काठमाडौं । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मेजर राई निर्वाचित भएका छन् ।

अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार राजकुमार राईलाई ४ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् ।

अध्यक्ष निर्वाचित राई २०७४ सालमा १ हजार ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् ।

उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी नेकपा(एमाले)की देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर