सामान्य मानवीय त्रुटिका विषयमा विवाद नगरौं : निर्वाचन आयोग – Nepal Press

सामान्य मानवीय त्रुटिका विषयमा विवाद नगरौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मतगणनाका क्रममा देखिने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यकरूपमा नउचाल्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै स-साना विवादका कारण मतगणना प्रक्रियामा ढिलाइ भएको जनाएका छन् ।

‘निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

आयोगले जेठ ५ गतेअगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा यस्ता घटनाले असर पर्ने भन्दै मतगणनालाई व्यवस्थित गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

One thought on “सामान्य मानवीय त्रुटिका विषयमा विवाद नगरौं : निर्वाचन आयोग

  1. चन्द्रागिरि ३ मा ९ वटा बढि मतपत्र भएकोमा सामान्य मानविय घटना ? के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर