स्थानीय निर्वाचन : २८ पालिकाको गणना सकियो, कहाँ कुन पार्टी विजयी ? (सूचीसहित) – Nepal Press

स्थानीय निर्वाचन : २८ पालिकाको गणना सकियो, कहाँ कुन पार्टी विजयी ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २८ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म १२ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली कांग्रसले ९ वटाको प्रमुख जितेको छ ।

माओवादी केन्द्र ५ पालिका प्रमुख जितेर तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ ।

एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

अहिलेसम्म कहाँ कसले जिते ? हेर्नुस् सूची

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका- मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका- मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु

८. साइपाल गाउँपालिका-बझाङ

९. नवलपुरको बौदीकाली -नवलपरासीपूर्व

१०. थलरा गाउँपालिका- बझाङ

११. थासाङ गाउँपालिका- मुस्ताङ

१२. मालिका गाउँपालिका- म्याग्दी

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका-मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

९. तमानखोला गाउँपालिकामा, बागलुङ

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका- डोल्पा

२. नौमुले गाउँपालिका- दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

४. अपिहिमाल गाउँपालिका, दार्चुला

५. जन्तेढुंगा गाउँपालिका, खोटाङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर