बदर मतको विवादले भरतपुरमा मतगणना स्थगित – Nepal Press

बदर मतको विवादले भरतपुरमा मतगणना स्थगित

काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणना विवादका कारण स्थगित भएको छ ।

एएमालेले बदर मतका विषयमा विरोध जनाएपछि मतगणना स्थगित भएको हो । मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएपछि निर्वाचन प्रमुखले मत बदर गरेका थिए । तर, एमालेले चाहिँ उक्त मत सदर गर्नुपर्ने बताएको छ ।

मतगणना स्थलमा रहेका एमाले कार्यकर्ता अस्मिन घिमिरेले हिजो निर्वाचन प्रमुखले दोहोरो व्यवहार देखाएको बताए ।

‘हिजो आधी छाप देखिएको हकमा पनि सदर गरिएको थियो, तर आज त्यस्तै मतपत्र बदर भनियो,’ उनले भने, ‘अर्को उम्मेदवारको पक्षमा दोहोरो व्यवहार देखाएपछि हामी विरोध जनाएर बाहिर निस्किएका छौं ।’ मतगणना सुचारु गर्ने विषयमा अहिले छलफल जारी छ ।

पछिल्लो परिणामअनुसार यहाँ मेयरमा रेनु दाहालले १६११ मत ल्याउँदा एमालेका विजय सुवेदीले १५४१ मत ल्याएका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर