भजनी ८ को रोचक मत परिणाम: टिममा समान मत – Nepal Press

भजनी ८ को रोचक मत परिणाम: टिममा समान मत

कैलाली । कैलालीको भजनी नगरपालिकामा रोचक परिणाम सार्वजनिक भएको छ । यहाँ पाँच दल चुनावी मैदानमा छन् । उनीहरूले विभिन्न पदमा समान मत पाएका छन् । रेसम चौधरीले नेतृत्व गरेको रेसम चौधरीको पार्टी नागरिक उन्मुक्तिले सर्वाधिक मत पाएको छ ।

मत परिणाम अनुसार सातै पदमा एउटै मत छ । उनीहरू सबैले ४३२ मत पाएका छन् । दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्र उपप्रमुख बाहेक ६ पदमा उम्मेदवारी दर्ता गरेको थियो । ती सबै पदमा पनि समान २२२ मत प्राप्त भएको छ । त्यस्तै कांग्रसले उपप्रमुखमा मात्रै उम्मेदवारी दिएको छ। माओवादीले पाएको समान मत कांग्रेसको उपप्रमुखले पनि पाएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले सातै पदमा समान १५४ र नेकपा एमालेले पनि सातै पदमा समान १३६ मत पाएको छ ।
यो मत परिणाम ९४४ मत गणना गर्दा सम्मको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर