५ वर्षअघि गाउँपालिका अध्यक्ष हारेका लामा यसपटक वडाध्यक्षमा विजयी – Nepal Press

५ वर्षअघि गाउँपालिका अध्यक्ष हारेका लामा यसपटक वडाध्यक्षमा विजयी

रामेछाप । पाँच वर्षअघि दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा करीव ५ सय मतान्तरले पराजित भएका नेकपा एमालेका नेता प्रेम कुमार लामा यसपटक सोही गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा ठूलो मतान्तरसहित निर्वाचित भएका छन् ।

कांग्रेस,माओवादी र नेकपा एसको गठबन्धनलाई पराजित गर्दै लामाले ११४३ मत ल्याएर बिजयी भएका छन् । वडा सदस्यहरुमा पनि एमालेकै संगीता थापा,मिठे कामी,मंगले थामी र मविन श्रेष्ठ निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर