जुगलमा पुनःगणना गर्दा झन् धेरै मतले जिते एमालेका उम्मेदवारले – Nepal Press

जुगलमा पुनःगणना गर्दा झन् धेरै मतले जिते एमालेका उम्मेदवारले

सिन्धुपाल्चोक । विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि जुगल– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकाजी लामा विजयी भएका छन् ।

पहिलोपटक गरिएको गणनामा एक मतले जितेका लामाले दोस्रोपटक गणना गर्दा ९ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादीले आपत्ति जनाएपछि दोस्रोपटक गणना गरिएको थियो ।

सुरुमा गन्दा लामाले ६०९ र प्रतिस्पर्धी माओवादीका प्रताप लामाले ६०८ मत पाएका थिए । दोस्रोपटक गन्दा ६१२ र ६०३ मत आएको छ ।

दोस्रोपटक गणना गर्दा फरक मतपरिणाम आउनुले गणनामाथि नै प्रश्न उठाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर