भरतपुर-१ मा कांग्रेस विजयी, मेयरमा १२१ मतले रेनु अगाडि – Nepal Press

भरतपुर-१ मा कांग्रेस विजयी, मेयरमा १२१ मतले रेनु अगाडि

काठमाडौं । भरतपुर महानगरपालिका- १ को मतगणना सकिएको छ । ३२७७ मत गणना हुँदा यहाँ नेपाली कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन् । उनले १३९७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरे ।

वडा नम्बर १ को मत गनिसक्दा गठबन्धनतर्फका मेयर उम्मेदवार नेकपा माओवादीकी रेनु दाहाल १२१ मतल‍े अगाडि छिन् । उनले १२०८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०८७ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४३० मत छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३६२, राप्रपाकी हिमला गुरुङले ८७७ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर