लिभरपुलले जित्यो एफए कपको उपाधि – Nepal Press

लिभरपुलले जित्यो एफए कपको उपाधि

लन्डन । लिभरपुलले इङ्लिस एफए कप फुटबलको उपाधि जितेको छ। प्रतियोगिताअन्तर्गत शनिबार राती भएको फाइनलमा लिभरपुलले सडन डेथमा चेल्सीलाई हराएको हो।

लिभरपुलको जितमा कन्स्टानिटोस सिमिकासले निर्णायक गोल गरेका थिए। निर्धारित तथा अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो। तर टाइब्रेकरमा पनि सुरुका निर्धारित ५ वटा प्रहारमा दुवै टोलीले गोल गरेका थिए। छैटौँ प्रहारमा चेल्सीका खेलाडी चुकेपछि प्राप्त अवसरमा लिभरपुलका सिमिकासले गोल गरेका हुन्।

लिभरपुल यो सिजन घरेलु लिगको उपाधि होडमा छ भने युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पनि पुगिसकेको छ। घरेलु लिगमा दुई खेल खेल्न बाँकी रहँदा तीन अंकले पछाडी रहेको लिभरपुलले च्याम्पियन्स लिगमा भने उपाधिका लागि रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर