रुपन्देहीका तिलोत्तमा र देवदह नगरपालिकामा एमालेको अग्रता – Nepal Press

रुपन्देहीका तिलोत्तमा र देवदह नगरपालिकामा एमालेको अग्रता

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका मोहन चापागाईंले मेयरमा अग्रता लिएका छन्।

११०१ मत गणना हुँदा चापागाईंले ४७३ मत ल्याएका छन् भने गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काङ्ग्रेसका रामकृष्ण खाँणले ४३५ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरीले ४३५ मतले अग्रता लिएकी छन् । चौधरीलाई माओवादी केन्द्रका हेमन्त पाण्डेले १८० मतले पछ्या्ईरहेका छन् ।

यसैगरी रुपन्देहीको देवदह नगरपालिकामा २२५० मत गणना हुँदा एमालेका ध्रुव खरेलले अग्रता कायम राखेका छन्।

मेयर उम्मेदवार खरेलले ८३४ मत ल्याउँदा नेपाली कांग्रेसका हिरा केसीले ७५६ मत ल्याएका छन् ।

यसअघि पनि देवदहका मेयर रहेका केसी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै उपमेयरमा पनि यसअघिकै उपमेयर रहेकी एमालेकी विद्यालक्ष्मी गुरूङ ८८४ मतले अगाडि छन् ।

उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५६४ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर